बंगलाचुली गाउँपालिकामा रहेको सिटिजन्स बैँक ईन्टरनेस्नल लिमिटेड कमिरेचौर शाखाले बंगलाचुली गाउँपालिकाको कार्यालयलाई रु.२५ सहयोग

May 9./वैशाख २८


दङ्ग घोराही,
विश्वमै फैलिएको कोरोना महामारी को कारण लकडावन मा परी आफ्नो गुजारा चलाउन मुश्किल भएकाहरू को लागि
बंगलाचुली गाउँपालिकामा रहेको सिटिजन्स बैँक ईन्टरनेस्नल   लिमिटेड कमिरेचौर शाखाले बंगलाचुली गाउँपालिकाको कार्यालयलाई रु.२५,०००.०० सहयोग गरेको छ । 

बैँकका शाखा प्रवन्धक सुनिल कुमार वमले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वलीलाई रु.२५ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । सो रकम कोरोना भाईरसका कारण देश भर भएको लकडाउनको अवधिमा गाउँपालिकाबासीलाई राहात वितरण तथा व्यवस्थापनमा लगाईने छ ।

बंगलाचुली गाउँपालिकाले कोरोना भाईरसको महामारीलाई मध्य नजर गर्दै सहयोग गर्न चाहाने दाताहरुको लागि सहयोगको अपिल समेत गरेको छ ।

सहगो गर्न ईच्छुक व्यक्ति वा संस्थाहरुले बंगलाचुली गाउँपालिकाले संचालनमा ल्याएको बंगलाचुली गाउँपालिका स्थानिय तह प्रकोप व्यवस्थापन कोष खाता ग ७–२ ०६७०१००००००४७६२०१ मा रकम जम्मा गरिदिनु हुन बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले अनुरोध गर्नु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers