कोरोना संक्रमित बढ्दो क्रममा आज थपिए ७६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९७७ पुग्यो

दाङ्ग : प्रदेश दुईमा थप ७६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ संक्रमित थपिएका हुन् ।


काठमाडौं : प्रदेश दुईमा थप ७६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश दुईको सामाजिक विकास मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो । हिजो मात्रै प्रदेश २ मा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको थियो । प्रदेश २ मा ९७ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् ।

यसअघि बुधबार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ सय ७७ पुगेको छ । योसँगै निको भएर डिस्चार्ज हुने १ सय ८३ पुगेको छ । अहिलेसम्म ६ सय ९९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा रहेर उपचार भइरहेको छ । पाँच जनाको मृत्यु भएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Blog Archive

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers