नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्याे
१६ जेठ, दाङ्ग । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन्।
जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको पीसीआर परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार आएको मन्त्रालयका प्रवक्ता देवकोटाको भनाइ छ।
0 comments:
Post a Comment