करेन्ट लगाई माछा मार्ने क्रममा झापामा एक जनाको मृत्यु
१४ जेठ, दाङ्ग । झापाको मेचीनगर नगरपालिका-१२ का २४ बर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलवार दिउँसो पौने ३ बजेको समयमा आफ्नै घर छेउमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेकाे थियाे ।
घाईते भएका राजवंशीलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
0 comments:
Post a Comment