कर्णालीमा थप ५ जनामा काेराेना संक्रमण , पुनः पुष्टिकाे लागि स्वाब नेपालगंज पठाइयाे
११ जेठ । कर्णालीमा थप ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे छ। भारतवाट कर्णाली भित्रिएर सुर्खेतको क्वारेन्टाइनमा बसेका ५ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएपछि थप पुष्टि गर्न का लागि स्वाब नेपालगंज पठाइएकाे छ।
शनिवार बंबई नाका हुँदै कर्णाली भित्रिएका मध्ये आरडिटि गर्दा ११ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे। पाेजेटिभ देखिएकालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखेर पिसिआर जाँच गर्दा ५ जनामा काेराेना पाेजेटिभ देखिएकाे सामाजिक मन्त्रालयकाे जनस्वास्थ्य महाशाखा प्रमस लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
उनका अनुसार सुर्खेतकाे प्रयाेगशालामा पाेजेटिभ देखिएका ५ जनाकाे स्वाब संकलन गरि पुन: पुष्टिकाे लागि नेपालगंज पठाइएकाे छ। नेपालगंजवाट दिउसाेसम्म रिपाेर्ट आइसक्ने उनले जानकारी दिए। यसअघि कर्णालीमा ४ जनामा काराेना संक्रमण देखिएकाे छ। उनीहरूकाे प्रदेश अस्पतालमा उपचार भैरहेकाे छ।

0 comments:
Post a Comment