रुकुम घट्नाको दोषीलाई कडा कारवाहीको माग गर्दै माइतीघरमा प्रदर्शन
१६ जेठ, दाङ्ग । रुकुम पश्चिममा दलित युवाको हत्या विरोधमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतिघर मण्डलामा उनीहरुले घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग राख्दै प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले नेपालको संविधान र कानूनको पूर्ण रुपमा पालना गर्नुपर्ने, पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिनुपर्ने, उक्त घटनाको दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै मौन रुपमा प्लेकार्ड प्रर्दशन गरेका थिए ।
रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा भएको हत्याको घट्ना पासविक र निन्धनीय रहेको प्रदर्शनमा सहभागिहरुको भनाई छ ।
0 comments:
Post a Comment