प्रेम गरेको भन्दै गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु
जेष्ठ ११ जाजरकोट..
शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ|
नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ ।
यस घटनाको बारेमा केही आलोचना व्यक्त गर्दै......
रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं-८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले युवा संगठन नेपाल रुकुम (पश्चिम)को ध्यानाकर्षण भएको छ । सर्वप्रथम! मृतक जाजरकोट जिल्ला भेरी नगरपालिका -४ राणागाउँ का नवराज बि.क र चौरजहारी नगरपालिका वडा नं -१ का टिकाराम बि.क.प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व
घटनाको खास कारण र जिम्मेवारि त अनुसन्धान प्रकृया पछि मात्रै बाहिर आउला, तर हाल सम्म प्राप्त तथ्य र समाचारहरु अन्तरजातीय प्रेम सम्बन्ध र विवाह का कारण झडप हुन पुगेको र सो घटना घटेको भन्ने धारणा बनाउन मद्दत गर्दछन ।एक्काइसौं सताब्दीमा ,बर्गिय,जातिय,लिङ्गिय सबै उत्पिडन र बिभेदका बिरुद्द दशौँ बर्ष जनयुद्दमा होमियको भुमी रुकुममा यस्तो निन्दनिय घटना घटनु आम रुकुमेलिजनका लागि लज्जाको बिषय हो । र मानव सभ्यता र विद्वतालाइ चुनौती पनि हो ।
यो घटनाले राज्यको छुवाछुत मुक्त वडा ,नगर र जिल्ला घोषणाको कार्यक्रम कति पाखण्ड्याइ र भ्रष्टाचारको पराकाष्ठा थियो भन्ने तथ्य उजागर गरिदिएको छ ।दलित मुक्ती आन्दोलन र सबै किसिमका मुक्ती आन्दोलनको सान्दर्भिकता अनि आवश्यकता अझ बढेर गएको कुरा एकपटक फेरि स्थापित भएको छ।तसर्थ जातिय छुवाछूत र भेदभाव बिरुद्दको अगुवाइ गर्न दलित मुक्ती संगठनहरुमा र सहयोग गर्न आम जनसमुदायहरुमा हाम्रो संगठन आह्वान गर्दछ ।
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टिले घटनाबारे दु:ख र आपत्ती प्रकट गर्दै छानबिन समिती समेत बनाइ घटनाको सूक्ष्म अनुसन्धान गर्दै सत्य तथ्य उजागर गर्ने प्रतिवद्दता समेत ब्यक्त गरिसकेको छ । साथै नेपाल प्रहरिले पनि घटनामा संलग्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको समाचार आएकाछ्न ।
युवा संगठन नेपाल घटनाको छानबिन र अनुसन्धानमा राजनितिक पहुँच अन्य मोलमोलाइ लाई कुनै स्थान नदिइ निस्पक्ष र भरोसा योग्य गर्नका साथै दोषिलाई हदै सम्मको कार्वाही गर्न नेपाल कम्युनिस्ट पार्टी र नेपाल प्रहरी सामु हाम्रो संगठन जोडदार माग गर्दछ ।साथै घटनाको अनुसंन्धानमा सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्दै घटना र अनुसंधान तोडमोड गरिय कानुन भन्दा माथी उठेर पहलकदमी संगठनको हातमा लिने चेतावनी पनि दिन चहान्छ ।

0 comments:
Post a Comment