नेपालमा कोरोना संक्रमित संख्या बढ्दो, कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण
१० जेठ।
कर्णालीमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएका दुबै जना बिहीबार भारतबाट कर्णाली भित्रिएका हुन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रमालयले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए।
संंक्रमित एक महिला र अर्का पुरूष हुन। उनीहरू दुबै जना भारतवाट विहिवार अाएका हुन। सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा पाेजेटिभ देखिएपछि थप पुष्टीकाे लागि नेपालगंज पठाएकाे छ।
0 comments:
Post a Comment