प्रेम गरेको भन्दै दलित युवकको रुकुम हत्या प्रकरण : थप एकसहित ३ जनाको शव फेला, ३ जना अझै वेपत्ता
दाङ्ग : रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं-८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले युवा संगठन नेपाल रुकुम (पश्चिम)को ध्यानाकर्षण भएको छ ।
चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।
हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।
केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट जोगिन भेरीमा हाम फालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् ।
मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका भन्दै दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित एक दर्जनलाई पक्राउ गरेको छ

0 comments:
Post a Comment