कास्कीमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु


२ साउन, दाङ्ग । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए

दाङको काउले डाँडालाई सामुदायिक वनका माध्यमबाट पर्यटकिय क्षेत्र बनाउने अभियान


घोराही २८ असार/ दाङको घोराही—मुर्कुटी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै चिउरीको बगान बनाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली वन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाइ पर्यटकिय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । अहिलेपनि मानिसहरु वनभोज लगायतका आन्तरिक जमघट, वनभोज लगायतका काम गर्न जाने पनि गर्छन । उक्त स्थानलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानका शुभारम्भ गर्नुभयो । सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो । बृक्षरोपणमा ८७ बर्षिय बृद्धदेखि किशोरकिशोरीसम्मको सक्रियता आइतवार बिहानै सिमसिम पानी परिरहेको थियो । कुहिरोले वातावरण घपप्क ढाकेको थियो । हातमा पुरानो छाता र लौरो टेकेर करिव आधाघण्टा पैदली हिडेर ८७ बर्षिय रामप्रसाद कि।क। चिउरीको बिरुवा लगाउन पुग्नुभयो । पुरानामा घरधुरी अवसरको खोजीमा शहर हिडिसके नाङ्गा डाडापाखा उजाड हुदै गएकोमा बिकको मन खाएको छ । तर अहिले सोहि डाडाँपाखालाई हराभरा गराउने अभियान थालिएकोमा उहाँ खुशी हुनु भएको छ । उहाँ मात्रै होइन स्कूले किशोरदेखि प्रत्येक घरघरबाट सक्रिय सहभागि भइ तारबार गर्ने, बिरुवाको खाडल, खन्ने, घरबाटै प्राङ्गारिक मल जम्मा गरेर बिरुवा लगाउनेसम्मको काममा उनीहरु खटेका छन । “माटोलाई भर, माहुरीलाई घर, चिउरीको ध्यू खान लाग्यो है रहर”भन्ने नारा बनाएरै चिउरीको बगान बनाउने अभियान थालिएको अम्विकेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलाल कवरले जानकारी दिनुभयो । चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्नेसगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती ध्यूमा समेत प्रयोग गर्ने सकिने बहुउपयोगी अभियानमा डिभिजन वन कार्यालयले स्थानीयलाई सहयोग गर्ने प्रतिवद्धता डिभिजन प्रमुख ज्ञवालीले स्थानीयसँग गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले स्थानीयहरुको प्रयासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए।

एक लाख ४४ हजार नक्कली भारू सहित तीन जना पक्राउ


२८ असार, दाङ्ग । झापामा प्रहरीले एक लाख ४४ हजार नक्कली भारू बरामद गरेको छ। यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले कन्काई नगरपालिका-३का ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं ४ बस्ने २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका-५का २४ वर्षीय एराजुल हकलाई शनिबार पक्राउ गरेको हो। आलमले भारतबाट नक्कली नोटहरू ल्याइ श्रेष्ठको घरमा राखेको भन्ने खबर प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा प्रहरीले शनिबार श्रेष्ठको घरमा छापा मारेको थियो।

अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार


२८ असार, दाङ्ग । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढेपछि डुवानमा परेका करीव तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद के.सी.को अनुसार एपीएफ टोली र स्थानीय बासिन्दा सहकार्यमा पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा बाढि तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको हो । सो ठाउँमा बाढि पहिरोका कारण एक जना बेपत्ता भएको बताईएको छ । बेपत्ता ती व्यक्तिको व्यापक रुपमा खोजीकार्य भईरहेको छ । यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दी स्थित हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको एपीएफ टोली खोजी कार्यमा जुटेको छ । सोही ठाउँ बस्ने २६ वर्षिय लेखनाथ बस्नेत र २१ वर्षिय प्रयुस गुरुङ्ग उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरुको खोजी कार्यमा जुटेको हो । यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षिय जितबहादुर थारु र २५ वर्षिया प्रेमकुमारी थारुलाई बवई खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सानोश्रीबाट सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन् । यसैगरी झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने ३५ वर्षिय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्वुको कमाण्डको एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजीमा जुटेका छन् । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई खोलाले बगाएर बेपत्ता पारेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।

ग्यारेजमा राखेको ८ वटा माइक्रोमा आगलागी


२१ असार, दाङ्ग । गोङ्गबुकोमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् । आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबसहरू जलेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए। डीएसपी खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए ।

मोरङ:स्कुटर दुर्घटना हुदा चालकको मृत्यु


१९ असार, दाङ्ग । मोरङको बिराटनगर महानगरपालिका-१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे । घाईते भएका स्कुटर चालक बिराटनगर महानगरपालिका-१६ का २३ बर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers