१६ असार, दाङ्ग । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।
ईलामको देउमाई नगरपालिका-५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
सोमवार दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा भेटिएकाे ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment