रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको विभत्स हत्या
काठमाडौँ, जेठ २७ : रुपन्देहीको लितोत्तमा नगरपालिका वडा नं १० मैनहवामा रहेको एक पशु फार्ममा ५ जनाको हत्या भएको छ ।
लितोत्तमा नगरपालिका–१० अन्तर्गत कान्छी बजारमा रहेको गंगादेवी पशु फार्ममा एक महिलासहित ५ जनाको सामुहिक हत्या भएको वडाअध्यक्ष व्यास मुन थारुले काठमाडौं प्रेसलाई जानकारी दिए । उनका अनुसार कोदालो प्रहार गरी विभत्स हत्या गरिएको हो ।
सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीको टोली आइपुग्दा उनी त्यहाँबाट फरार भईसकेको वडाअध्यक्ष थारुले बताए ।
अहिले प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । हत्या किन र कसरी भयो भन्ने बारेमा केहि जानकारी आएको छैन् । मृतकको विवरण खुलेको छैन ।
0 comments:
Post a Comment