१४ असार, दाङ / दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका ७ जना सहित दाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
बाँकी ६ जना मध्ये पाँच जना कपिलवस्तु र एक जना रोल्पाका रहेका छन् । तुलसीपुर ११ उरहरी मावि क्वारेन्टाईनबाट संकलन गरिएको नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
तुलसीपुर ११ का ३५ र रुकुमका ३५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै रक्षाचौर क्वारेन्टाईनबाट संकलन गरिएको ५ जनाको नमुना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यस्तै घोराहीका ५ जना, बंगलाचुलीका १४ जना र राप्ती गाउँपालिका ८ जनामा कोरोना पुष्टि भएको छ ।
0 comments:
Post a Comment