लकडाउन आजदेखि खुकुलो गराउँदै
दाङ, २९ जेठ ।
सरकारले ८० दिनपछि लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र संचालन गर्न सकिने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो । जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ ।
विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ ।
0 comments:
Post a Comment