दाङको काउले डाँडालाई सामुदायिक वनका माध्यमबाट पर्यटकिय क्षेत्र बनाउने अभियान


घोराही २८ असार/ दाङको घोराही—मुर्कुटी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै चिउरीको बगान बनाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली वन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाइ पर्यटकिय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । अहिलेपनि मानिसहरु वनभोज लगायतका आन्तरिक जमघट, वनभोज लगायतका काम गर्न जाने पनि गर्छन । उक्त स्थानलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानका शुभारम्भ गर्नुभयो । सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो । बृक्षरोपणमा ८७ बर्षिय बृद्धदेखि किशोरकिशोरीसम्मको सक्रियता आइतवार बिहानै सिमसिम पानी परिरहेको थियो । कुहिरोले वातावरण घपप्क ढाकेको थियो । हातमा पुरानो छाता र लौरो टेकेर करिव आधाघण्टा पैदली हिडेर ८७ बर्षिय रामप्रसाद कि।क। चिउरीको बिरुवा लगाउन पुग्नुभयो । पुरानामा घरधुरी अवसरको खोजीमा शहर हिडिसके नाङ्गा डाडापाखा उजाड हुदै गएकोमा बिकको मन खाएको छ । तर अहिले सोहि डाडाँपाखालाई हराभरा गराउने अभियान थालिएकोमा उहाँ खुशी हुनु भएको छ । उहाँ मात्रै होइन स्कूले किशोरदेखि प्रत्येक घरघरबाट सक्रिय सहभागि भइ तारबार गर्ने, बिरुवाको खाडल, खन्ने, घरबाटै प्राङ्गारिक मल जम्मा गरेर बिरुवा लगाउनेसम्मको काममा उनीहरु खटेका छन । “माटोलाई भर, माहुरीलाई घर, चिउरीको ध्यू खान लाग्यो है रहर”भन्ने नारा बनाएरै चिउरीको बगान बनाउने अभियान थालिएको अम्विकेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलाल कवरले जानकारी दिनुभयो । चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्नेसगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती ध्यूमा समेत प्रयोग गर्ने सकिने बहुउपयोगी अभियानमा डिभिजन वन कार्यालयले स्थानीयलाई सहयोग गर्ने प्रतिवद्धता डिभिजन प्रमुख ज्ञवालीले स्थानीयसँग गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले स्थानीयहरुको प्रयासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए।

  1 comment:

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers