२८ असार, दाङ्ग । झापामा प्रहरीले एक लाख ४४ हजार नक्कली भारू बरामद गरेको छ।
यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले कन्काई नगरपालिका-३का ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं ४ बस्ने २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका-५का २४ वर्षीय एराजुल हकलाई शनिबार पक्राउ गरेको हो।
आलमले भारतबाट नक्कली नोटहरू ल्याइ श्रेष्ठको घरमा राखेको भन्ने खबर प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा प्रहरीले शनिबार श्रेष्ठको घरमा छापा मारेको थियो।
0 comments:
Post a Comment