आशिष न्यौपाने
१८ साउन , गोरखा । गोरखामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएकामध्ये ९१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । हालसम्म जिल्लामा २४ सय ४६ जनाको स्वाब संकलन गरिएकोमा प्रयोगशालामा कोरोना परिक्षण गरेर २३ सय ५५जनाको मात्रै रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
हालसम्म जिल्लामा २४ सय ४६ जनाको स्वाब संकलन गरिएकोमा प्रयोगशालामा कोरोना परिक्षण गरेर २३ सय ५५जनाको मात्रै रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
रिपोर्ट आएकामध्ये एक सय ६ जनामा कोरोना संक्रमण देखिएको थियो भने २ हजार २ सय ४९ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।
९१ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण देखिएका एक सय ६ जनामध्ये एक सय ३ जना निको भएका छन् भने २ जना उपचाररत छन् ।
एक संक्रमितको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । जिल्लामा हाल एक सय ८ जना विभिन्न क्वारेन्टाइनमा छन् ।
हालसम्म १५ सय ५६ जना क्वारेनटाइनमा बसेकोमा १४ सय ६१ जना क्वारेन्टीन अबधि पूरा गरि कोरोना परिक्षणको रिर्पोटका आधारमा घर फर्किएका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो ।
0 comments:
Post a Comment