दाङ्ग
३ भदौ, । अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाउदा ६ जनाको मृत्यु भएको छ भने केहि सम्पर्कविहीन भएका छन् । बाढिले थुप्रै घरसहित पुलसमेत बगाएको छ ।
बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका(३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।
दर्नाको पक्की पुलसमेत बगेको स्थानीयले जानकारी दिएका छन् ।रामारोसन गाउँपालिका–५ को सैनीबजारमा धरै मान्छे सम्पर्कविहीन भएका छन् । खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’
कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको छ ।
0 comments:
Post a Comment