दाङमा करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु


दाङ , १९ साउन । करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु भएको छ। घोराही १ हर्नोक निवासी ३७ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबहादुर रावतको सोमवार विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै सोहि घटनामा परि मृतकका बुवा घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । आफनै मकै बारीमा जंगली बँदेल मार्नको लागि राखीएको विद्यतिय तारमा परि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । बारीमा जंगली बँदेल आएर मकै खाएर क्षति गर्न थालेपछि त्यसलाई मार्न उनीहरुले बारीमा करेन्ट जडान गरेको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers