अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार


२८ असार, दाङ्ग । अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । रौतहट जिल्लाको ईसनाथ नगरपालिका १ स्थित लाल बकैया खोलामा अविरल वर्षाको कारण पानीको वहाव बढेपछि डुवानमा परेका करीव तीन सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद के.सी.को अनुसार एपीएफ टोली र स्थानीय बासिन्दा सहकार्यमा पीडित नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ३ मा बाढि तथा पहिरोबाट विस्थापित ६३ घर परिवारका २ सय १५ जनालाई असार २६ गते सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गुल्म सिन्धुपाल्चोकबाट सशस्त्र प्रहरी निरीक्षक राजु श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोली र स्थानीय बासिन्दाले उनीहरुको उद्वार गरी तातोपानी भन्सार कार्यालयमा ल्याई राखेको हो । सो ठाउँमा बाढि पहिरोका कारण एक जना बेपत्ता भएको बताईएको छ । बेपत्ता ती व्यक्तिको व्यापक रुपमा खोजीकार्य भईरहेको छ । यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दी स्थित हरपन खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएकाहरुको खोजीकार्यको लागि असार २६ गते विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्ति सहितको एपीएफ टोली खोजी कार्यमा जुटेको छ । सोही ठाउँ बस्ने २६ वर्षिय लेखनाथ बस्नेत र २१ वर्षिय प्रयुस गुरुङ्ग उक्त खोलाको बाधमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक पुर्णाखर गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनीहरुको खोजी कार्यमा जुटेको हो । यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ४ बस्ने २५ वर्षिय जितबहादुर थारु र २५ वर्षिया प्रेमकुमारी थारुलाई बवई खोलाबाट दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सानोश्रीबाट सशस्त्र प्रहरी नायव निरीक्षक मानबहादुर चौधरीको कमाण्डको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दा उनीहरुको खोजी कार्यमा जुटेका छन् । यसैगरी झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित पुरानो शणामती टोल बस्ने ३५ वर्षिय राजेश गणेश स्थानीय बिरिङ्ग खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश पन्थपाडाबाट सशस्त्र प्रहरी निरीक्षक अजिलशेर लिम्वुको कमाण्डको एपीएफ टोली तथा स्थानीय प्रहरी उनको खोजीमा जुटेका छन् । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित सर्दु खोलामा हातखुट्टा धुने क्रममा एक जना व्यक्तिलाई खोलाले बगाएर बेपत्ता पारेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट धरानबाट सशस्त्र प्रहरी नायव निरीक्षक धनश्याम गौतमको कमाण्डमा खटिएको एपीएफ टोली उनको खोजी कार्यमा जुटेको छ ।

ग्यारेजमा राखेको ८ वटा माइक्रोमा आगलागी


२१ असार, दाङ्ग । गोङ्गबुकोमा रहेको एक ग्यारेजमा भएको आगलागीमा ८ वटा माइक्रो जलेका छन् । आइतबार बिहान नयाँ बसपार्क नजिकैको ग्यारेजमा रहेको माइक्रोबसहरू जलेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काले जानकारी दिए। डीएसपी खड्काले प्राविधिक कारणले आगलागी भएको हुनसक्ने बताए । यद्यपि, विस्तृत अनुसन्धान भइरहेको उनले जनाए ।

मोरङ:स्कुटर दुर्घटना हुदा चालकको मृत्यु


१९ असार, दाङ्ग । मोरङको बिराटनगर महानगरपालिका-१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ । बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना भएकाे थियाे । घाईते भएका स्कुटर चालक बिराटनगर महानगरपालिका-१६ का २३ बर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

ईलाम र उदयपुर: खोलामा डुबेर दुई जनाको मृत्यु


१६ असार, दाङ्ग । ईलाम र उदयपुरका २ स्थानमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । ईलामको देउमाई नगरपालिका-५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । सोमवार दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे उक्त खोलामा डुबेर मृत अवस्थामा भेटिएकाे ईलाका प्रहरी कार्यालयले जनाएको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१३ का ३८ बर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । आज दिउँसो सवा २ बजे बरुवा खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

रुकुममा मारिएका नवराज विकलाई मानव मर्यादा राष्ट्रिय पुरस्कार


१५ असार, दाङ्ग । जरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो। गत जेठ १० मा प्रेमिका लिन साथीहरुसहित पश्चिम रुकुम पुगेका विकसहित ६ जनाको स्थानीयहरुबाट हत्या गरिएको थियो।

दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण


१४ असार, दाङ / दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका ७ जना सहित दाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् । बाँकी ६ जना मध्ये पाँच जना कपिलवस्तु र एक जना रोल्पाका रहेका छन् । तुलसीपुर ११ उरहरी मावि क्वारेन्टाईनबाट संकलन गरिएको नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर ११ का ३५ र रुकुमका ३५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै रक्षाचौर क्वारेन्टाईनबाट संकलन गरिएको ५ जनाको नमुना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यस्तै घोराहीका ५ जना, बंगलाचुलीका १४ जना र राप्ती गाउँपालिका ८ जनामा कोरोना पुष्टि भएको छ ।

मोरङ: लागुऔषधसहित एक जना पक्राउ


१० असार, दाङ्ग । मोरङको बिराटनगर महानगरपालिका-१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers