गण्डकी प्रदेशमा शनिबार ५८ जनामा काेराेना पुष्टि


६ असार, दाङ्ग । गण्डकी प्रदेशमा आज शनिबार ५८ जना सङ्क्रमित थपिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरणमा कास्कीमा २, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, बाग्लुङमा ८ तथा म्याग्दी र स्याङ्जामा १÷१ जना सङ्क्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिएका छन ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख बढि


२ असार, दाङ्ग । विश्वभर कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या ८१ लाख नाघेको छ । विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । साेमबार सम्ममा नेपालमा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले नेपालमा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि गरे । कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । हालसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण भएको पुष्टि छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो जित्नेको संख्या ८ सय ७७


३० जेठ, दाङ्ग । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो। कोरोना जित्नेको संख्या भने ८ सय ७७ पुगेको छ नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

लकडाउन आजदेखि खुकुलो गराउँदै

दाङ, २९ जेठ । सरकारले ८० दिनपछि लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको छ । आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारिक क्षेत्र संचालन गर्न सकिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णय गरेको हो । जोखिम कम भएका क्षेत्रहरूमा जोर बिजोर प्रणाली लागू गरेर ट्याक्सी र मोटरसाइकललगायत निजी गाडी चलाइने भएको छ । विद्यालय, सिनेमा हललगायतका धेरै भिडभाड हुने स्थानहरु भने तत्काल खुल्ने छैनन् । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । कोरोना सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्चस्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको छ ।

रुपन्देहीमा पाँच जनाको हत्या, एक जना पक्राउ

२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् । ५ जनाको हत्यामा संलग्नता रहेको आरोपमा प्रहरीले एक जनालाइ नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । प्रहरीकाे अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा उनलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ ।

रुपन्देहीको लितोत्तमा कोदालो प्रहार गरी ५ जनाको विभत्स हत्या

काठमाडौँ, जेठ २७ : रुपन्देहीको लितोत्तमा नगरपालिका वडा नं १० मैनहवामा रहेको एक पशु फार्ममा ५ जनाको हत्या भएको छ ।
लितोत्तमा नगरपालिका–१० अन्तर्गत कान्छी बजारमा रहेको गंगादेवी पशु फार्ममा एक महिलासहित ५ जनाको सामुहिक हत्या भएको वडाअध्यक्ष व्यास मुन थारुले काठमाडौं प्रेसलाई जानकारी दिए । उनका अनुसार कोदालो प्रहार गरी विभत्स हत्या गरिएको हो ।
सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीको टोली आइपुग्दा उनी त्यहाँबाट फरार भईसकेको वडाअध्यक्ष थारुले बताए ।
अहिले प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । हत्या किन र कसरी भयो भन्ने बारेमा केहि जानकारी आएको छैन् ।  मृतकको विवरण खुलेको छैन ।


नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुग्याे

२६ जेठ, दाङ्ग । नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि भएकाे छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३१४ जनामा काेराेना पुष्टि भएकाे जनकारी दिए ।
सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुगेकाे छ ।

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers