१८ भदौ, बागलुङ । बागलुङको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका—९ बोबाङमा निरन्तरको बर्षा संगै आएको बाढी पहिरोमा पुरिएर १७ जना भन्दा बढी मानिसहरु बेपत्ता भएका छन् ।
अहिलेसम्म बाढिले ठुलो जनधनको क्षति गरेको छ । बाढीपहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको र करिव १० जना अझै बेपत्ता छन् । मृतकको सनाखत हुन सकेको छैन।
राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा त्यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ ।
बुधबार मध्यरातमा भुजीखोलामा आएको बाढीले जनधनको क्षति हुनुका साथै विद्युत गृह, झोलुङगे पुल एवं विद्यालय पनि बगाएको बोबाङका स्थानीयबासीहरुले बताएका छन् ।
घटनास्थल सदरमुकामबाट १ सय ३० किमी पश्चिममा पर्छ । पहिरो खसेको थाहा पाएर पनि रातभर फोन र विद्युत् अवरुद्ध भएकाले उद्धार गर्न कठिनाइ भएको स्थानीयले जनाएका छन् ।।
0 comments:
Post a Comment