अछाममा बाढीले घर बगाउदा ६ जनाको मृत्यु , १५ बढि बेपत्ता
August 19, 2020 |
No Comments |

नङमा सेतो आकार हुनुको अर्थ के हो ?
August 17, 2020 |
No Comments |
नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।
यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।
चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वा’स्थ्य मापन गर्ने ब्यारो’मिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखि’दैनन् ।स्वास्थ्य’मा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।
सामान्य लुनुला
यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लि’न जरुरत छैन ।
लुनुला कम हुँदैछ
यदि तपाईको नङमा लुनुलाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला’मात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछदलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न दिइएन
August 06, 2020 |
No Comments |
२०७७ श्रावण २२ दाङ्ग,
दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् ।
यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । बुबाको दाहासंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्यो ।
‘मैले बुबाको अंश मागेको होइन । जसरी हुन्छ गरिखान्छु । १२ वर्ष बोलाउनुभएन, तर अन्तिम संस्कार सबैसँग गर्न दिँदा के हुन्थ्यो ? दलितसँग बिहे गरेर मैले के बिगारेँ र !’ यामकलाले भनिन्, ‘बुबाको मुख पनि हेर्न दिइएन, अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि !’
यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए । ‘म पुग्नेबित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैँ गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’
यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो । ‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसेँ । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।
मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । ‘म उहाँको सन्तान होइन र !’ उनले भनिन्, ‘यो हल्लाखल्ला भएपछि बिहान काकाले अरूका कुरामा नलाग् । कामपछि हामी मिलौँ भन्नुभयो । बुबाको अन्तिम संस्कारमा त नमिल्ने कामपछि मिल्लान् र ?’
यामकला माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यकी भतिजी हुन् । त्यसैले उनको काकीसँग पनि दुखेसो छ । यद्यपि, उनीहरूको परिवार वर्षौँअघि नै छुट्टाछुट्टै बसिरहेका छन् । ‘काकी त कम्युनिस्ट पार्टीको नेता । उहाँ दलितका पक्षमा बोल्दै हिँडेको सुनेको थिएँ । तर, उहाँ र काकाले पनि केही भन्नुभएन,’ यामकलाले भनिन् ।
यामकलाका श्रीमान् रत्नले विभेद भयो भनेर सुनाउने ठाउँ पनि नभएको बताए । ‘काकी उपप्रमुख, उहाँकै नेतृत्वमा रहेको न्यायिक समितिमा गुनासो गर्ने होला । उहाँ नै घरको मान्छे भएपछि हामीले कसरी न्याय पाउँला,’ उनले भने ।
माई नगरपालिकाकी उपप्रमुख विष्णुमायाले आफ्नो परिवार वर्षौँअघि छुट्टिएको बताइन् । ‘जेठाजु २५ वर्षअघि छुटिनुभएको हो । हामी एउटै घरको होइन । फेरि पनि मैले त सम्झाएकै हुँ,’ उनले भनिन्, ‘मलाई उपप्रमुख होइन, बुहारीको नजरमा पनि हेरिदिनू । कहिलेकाहीँ आफ्नो घरको त जिम्मा लिन सकिँदैन, जेठाजुको घरको कसरी लिनु ?’ उनले आफू जहिले पनि जातीय विभेदको विरुद्धमा भएको बताइन् । छोरीलाई सँगै राखेर किरिया बार्न परिवारमा पनि कुरा राखेको तर, आमा र भाइले नमानेको उनको दाबी छ । 

दाङमा करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु
August 04, 2020 |
No Comments |

अहिले सम्मको गोरखाको कोरोना अपडेट
August 02, 2020 |
No Comments |

Popular Posts
-
नेपाली लोक दोहोरी क्षेत्रकी सर्बाधिक महंगी गायिका बिष्णु माझी मिडिया देखि सबैबाट भाग्नुको कारण बाहिरिएको छ।बिष्णु माझी संग सबै भन्दा धेरै ...
-
नेपालगन्ज।ट्रकको ठक्करबाट मुख्यमन्त्रीका अङ्गरक्षकको मृत्यु भएको छ। जनकपुरको मिथिला नगरपालिका १० लालगढस्थित मोडल अस्पतालनजिक आज बिहान साढे...
-
३० जेठ, दाङ्ग । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शुक्रबार च...
Recent Posts
Unordered List
Text Widget
Search This Blog
Powered by Blogger.
Video Of Day
Featured Post
दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार
दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...



