फेसबुक म्यासेन्जरमा देखियो समस्या, तपाईंले गरेको कुराकानी अरुले सुन्न सक्ने

हामी कतिपय अवस्थामा टेलिकम सेवा प्रदायक र सरकारले मोबाइलमा हुने हाम्रो कुराकानी सुनिरहेको हुन्छ भनेर ठट्टा गरिरहेका हुन्छौं । तर, त्यो सत्य होइन नै भन्दा फरक पर्दैन । किनभने कुनै पनि व्यक्तिले गरेको कुराकानी सरकारले पनि कुनै विशेष अवस्थामा बाहेक सुन्न पाउने कानुनी प्रावधान छैन । तर, यहाँ त तपाईंले फेसबुक म्यासेन्जरमा गरिरहनु भएको कुराकानी अर्काले सुन्न सक्ने समस्या फेला परेको छ । यो फेसबुक म्यासेन्जरमा देखिएको समस्या हो । फेसबुक म्यासेन्जरमा देखिएको यो बगबारे गुगल प्रोजेक्ट रिसर्चर न्याट्ली स्लिभानोभिचले अघिल्लो महिना पत्ता लगाएका हुन् । उनका अनुसार यो समस्या एन्ड्रोइड फोन प्रयोगकर्तामा देखिएको छ । यसका लागि ह्याकरले प्रयोगतर्कालाई फोन कल गर्छ र उक्त फोन कलसँगै उसले नदेखिने म्यासेज पठाउँछ । उक्त कल तपाईंले नउठाउँदा पनि उसले म्यासेज छाड्न सक्छ । उक्त म्यासेजमार्फत ह्याकरले त्यसपछिका दिनमा हुने कललाई सहजै सुन्न सक्ने जनाइएको छ । तर, धन्य यो छ कि प्रयोगकर्ता र ह्याकर दुवैले एन्ड्रोइड फोनमार्फत म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । सँगै प्रयोगतर्काको हकमा उसले वेब भसर्नमा पनि म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा ह्याकरले कल गर्ने भएकाले ह्याकर र प्रयोगकर्ता यसअघि नै साथी हुनुपर्नेछ ।

शिकार खेल्न जाँदा दाङका एक युवाको गोली लागेर मृत्यु

दाङ, ३ मंसिर। दाङमा बन्दुकको गोली लागेर शिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर २ टाकुराको गर्जेङ भन्ने स्थानमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्युभएको हो । जंगलमा दिनभर शिकार खेलेर घर फर्कदै गर्दा बन्दुक बोकेका २७ बर्षिय टोपबहादुर घर्ती चिप्लीएर लड्दा बन्दुक पड्कीएको र पछिपछि हिडेका ४१ बर्षिय भोजबहादुर घर्तीको छातीमा गोली लागेको बताईएको छ । बदेल र कालिजको शिकार गर्न उनिहरु जंगल गएको परिवारले बताएका छन् । तर शिकार नभेटिएपछि उनिहरु राती पौने ९ बजे तिर घर फर्कने क्रममा उक्त घटना भएको थियो । घटना स्थलमा इलाका प्रहरी चौकी कमिरेचौरका इन्चार्ज प्रहरी नायब निरिक्षक किसन खड्काको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालयको प्रहरी समेत पुगेर अनुसन्धान सुरु गरेको छ । बन्दुक बोकेका व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

तिहारमा टेलिकमका सेवामा छुट अफर योजना

काठमाडौं, २८ कार्तिक। । नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठपर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिभल अफरका रुपमा दशैंको अवसरमा उपलब्ध गराएका केही छुटलाई तिहारको अवसरमा समेत निरन्तरता दिने भएको छ । यी अफरहरु काग तिहार (कात्तिक २८, २०७७) देखि छठपर्व (मंसिर ५, २०७७) सम्म उपलब्ध हुनेछन् । यसका साथै सेवाग्राहीको सुविधाका लागि थप विशेषतासहितको अटम अफरका प्याकेजहरु कात्तिक २८ गतेबाटै लागू हुने जनाएको छ ।
फेस्टिभल अफरका रुपमा जीएसएम/सीडीएमए मोबाइलको व्यालेन्स टप अप गर्दा निम्नानुसारको बोनस उपलब्ध हुनेछ । जसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिनका लागि ५ मिनेट वोनस, रिचार्ज कार्डबाट रु १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि १० मिनेट वोनस, रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० सम्म रिचार्ज गर्दा सोही दिनका लागि २० मिनेट वोनस, एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिनका लागि ३० मिनेट वोनस, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट वोनस र रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनका लागि १०० मिनेट वोनस सेवा उपलब्ध हुनेछ । अटम अफरमा थप सुविधाहरुमा कम्पनीले ७ दिनसम्म प्रयोग गर्न सकिने गरी प्रतिदिन १०० मिनेट र २८ दिनका लागि प्रतिदिन १०० मिनेट चलाउन मिल्ने छुट्टाछुट्टै इको भ्वाइस प्याक उपलब्ध गराउने भएको छ । ७ दिनका लागि उपलब्ध हुने यस प्याकेजको मूल्य रु. ९५ हुनेछ भने २८ दिनका लागि उपलब्ध हुने प्याकेजको मूल्य रु. ३७५ हुनेछ । यी प्याक अन्तर्गत क्रमशः ७०० र २८०० मिनेट भ्वाइस कल गर्न सकिने छ । यसैगरी भ्वाइस र डाटा प्याक दुवै सुविधा समेत लिन सकिने नयाँ इको डाटा प्याक विथ भ्वाइससमेत उपलब्ध गराइएको छ । यस अन्तर्गत प्रतिदिन १४ मिनेट कुराकानी गर्ने र प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. ९५ मा जम्मा ९८ मिनेट भ्वाइस कल गर्न र ७ जीबी डाटा चलाउन सकिने छ । साथै रु. ३७५ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी जम्मा ३९२ मिनेट भ्वाइस कल र २८ जीबी डाटा सहितको प्याकेज उपलब्ध हुनेछ । ग्राहकको सहजताका लागि सबै किसिमका डाटाका साथै फेसबुक र युट्युब चलाउन मिल्नेगरी लार्ज सोसियल मिडिया प्याकमा निम्न छुट उपलब्ध हुनेछ । जसमा रु १८० मा ७ दिनका लागि अल डाटा ४ जीबी र प्रत्येक दिन १ जीबी फेसबुक तथा युट्युब चलाउने गरी ७ जीबी सहित जम्मा ११ जीबी डाटा, ५९९ मा अल डाटा १० जीबी र २८ दिनसम्म प्रत्येक दिन १ जीबी गरी फेसबुक तथा युट्युब चलाउन २८ जीबीसहित जम्मा ३८ जीबी तथा यसरी उपलब्ध डाटामध्ये अल डाटाबाट २४सै घण्टा जुनसुकै एप चलाउन र प्रत्येक दिन प्राप्त हुने १ जीबी डाटाले युट्युब र फेसबुक चलाउन सकिने छ । युट्युब र फेसबुकसम्बन्धी सबै डाटा जुनुसुकै समयमा र जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने छ । यसैगरी रु. ७४९ को ३० दिन चलाउन मिल्ने पोस्टपेड (प्रिमियम) प्याक लिन सकिने छ र यसबाट ८०० मिनेट कम्पनीकै नेटवर्कमा र ७५ मिनेट अन्य नेटवर्कमा कल गर्न सकिने छ । त्यसैगरी ८ जीबी डाटा भोल्युम चलाउन र ५०० वटा एसएमएस गर्न सकिने छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम एप’ तथा कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तातोपानी नाका असोज १९ देखि खुल्ने

१३ असोज, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असोज १९ देखि नाका खुलाउने सहमति भएको जानकारी दिए । आज (मंगलवार) चिनियाँ टोली र भन्सारका प्रतिनिधि समेतको छलफलले १९ गतेदेखि भन्सार सुचारू गर्ने निर्णय गरेको ढकालले बताए ।

‘हिम चितुवा’ आङरिता शेर्पाको निधन

५ असोज, काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा

दाङ्ग बंगलचुली,४ असोज दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन पाठन सुरु भएको छ । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ ।गाउँपालिकामा शिशु देखि कक्षा पाँच सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा जम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वालीले बताउनु भयो । लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनु भयो ।

सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृगौला सम्बन्धी समस्या

सहयोगका लागि विनम्र अनुरोध गरिन्छ "" ==========Basic Technical Support========= (आफू भलो जगत भलो) (सेवा नै धर्म हो) (पुण्य कमाउन मन्दिर धाउनु पर्दैन , दुखमा परेका मान्छेलाई सहयोग गर्नुस् , ढुङ्गा लाई पैसा चढाउनु भन्दा विगत ७ वर्ष देखी मृगौला को समस्या भोग्दै आएका, मृत्युलाई जितेर जस्तोसुकै पिडादायी अवस्थामा पनि संघर्ष गर्दै एक सामान्य पारिवारिक अवस्थामा जीवन चलाइरहेका व्यक्ति जसले जो कोहि को दुख देख्न नसक्ने , अरुको दुख पिडा पनि आफनै सम्झेर आफुसङग नभएपनी आफ्नो गाँस काटेर सहयोग गर्न पछि नपर्ने , पानीको झरी होस या चर्को घाम , दिन , रात केहि नभनी आफ्नो भन्दा गरिब दुखिको सेवामा निश्चल भावना का साथ आफ्नो पीडा लुकाएर भएपनि अरुको ओठमा मुस्कान छर्न तल्लीन रहने एक कुशल सञ्चारकर्मि Bastabik Khabar का संचालक बल्बीर नेपालीको अहिले मृगौला को समस्या झन बढेको छ, विगत ७ वर्षदेखी औषधि उपचार गर्दा गर्दा आफुसङग भएको पैसा पनि सकियो , घरको आर्थिक अवस्था नाजुक छ , घरको खर्च चलाउने आमा बुबाको हेरचाह गर्ने आफै विरामी भएपछि झनै समस्या परेको छ, बलबिरको उपचारका लागी, उनको जीवन बचाउनको लागि सबैसंग सहयोगको हार्दिक अपिल गर्दछु ।। (तपाइको १ रुपैयाले कसैको जीवन बाच्न (कृपया सकेको पैसा सहयोग गरौं ,नसके शेयर गरेर सहयोग गरौं ) बलबिर नेपाली : 9822896128 थप जानकारीको लागि WhatsApp number +918851956806 एक ले थुकी सुकी सयले थुकी नदी भने जस्तै सबैको साथ अनि सहयोग ले बलवीर को नयाँ जीवन सुरुवात हुने छ

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers