शिकार खेल्न जाँदा दाङका एक युवाको गोली लागेर मृत्यु
दाङ, ३ मंसिर। दाङमा बन्दुकको गोली लागेर शिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर २ टाकुराको गर्जेङ भन्ने स्थानमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्युभएको हो ।
जंगलमा दिनभर शिकार खेलेर घर फर्कदै गर्दा बन्दुक बोकेका २७ बर्षिय टोपबहादुर घर्ती चिप्लीएर लड्दा बन्दुक पड्कीएको र पछिपछि हिडेका ४१ बर्षिय भोजबहादुर घर्तीको छातीमा गोली लागेको बताईएको छ ।
बदेल र कालिजको शिकार गर्न उनिहरु जंगल गएको परिवारले बताएका छन् । तर शिकार नभेटिएपछि उनिहरु राती पौने ९ बजे तिर घर फर्कने क्रममा उक्त घटना भएको थियो ।
घटना स्थलमा इलाका प्रहरी चौकी कमिरेचौरका इन्चार्ज प्रहरी नायब निरिक्षक किसन खड्काको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालयको प्रहरी समेत पुगेर अनुसन्धान सुरु गरेको छ । बन्दुक बोकेका व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
0 comments:
Post a Comment