भारतको नयाँ दिल्लीमा दङ्ग का गोविन्द को दुःखद निधन

                  मोहन खनाल


भारतको नयाँ दिल्लीमा एक नेपलीको दुःखद निधन || नेपाल सरकार र भारतमा रहेको राजदुतावासको लापरबाहीले नेपाली को भारतमा मृत्यु |
दुख सुख प्रदेश मा गरेरअाफ्नाे जिबिन चलाउन। मनभरि सपना बाेकेर प्रदेस अाउछौ हामी नेपालीहरु । तर सपना  सपना मै सिमित रहेकाे घटना अाज साबित भयकाे छ साना साना बाल बच्चालाई  पढाउने लेखाउने र  जीवन सगिनि  लाई धन कमायर पठाउने  कति हुन्छन् सपना प्रदेसि का ती सपना पूरा नहुदै। याे जीवनका हरेक माेडहरु पार गर्दै । देस गाउँ घर सबै बिर्सेर प्रदेस गयका हुन्छन्। नेपालीहरु तर बिडम्वना अाज न त देस न त बच्चा  न त जीवन सगिनि । कसैलाई सम्झन सक्दैन । यस्तै घटना भयकाे छ अाज हाम्रो बिच मा ?
दाङको बङ्गलाचुली गाउँपालिका–६ तिमीले निवासी मानबहादुर खत्रीका छोरा वर्ष ४२ का गोबिन्द खत्रीको भारतको नयाँ दिल्लीमा मंगलबार निधन भएको थियो |
ती बिचरा नावालक बच्चाहरु अनि बिचरि जीवन सगिनिले अाफ्नाे जीवन साथि काे मुख भय पनि हेर्छौ भनेर फाेन गर्दा हामी ले पुराउन सक्ने अबस्था भयन ।  यतिबेला काे समय दयनीय छ विश्व महामारी काेराेना ले गर्दा   भारत पनि लकडाउन मा छ |
दाङको बङ्गलाचुली गाउँपालिका–६ तिमीले निवासी मानबहादुर खत्रीका छोरा वर्ष ४२ का गोबिन्द खत्रीको भारतको नयाँ दिल्लीमा मंगलबार निधन भएको थियो|
खत्री को पेट सम्बन्धी बिमारी  रहेको र भारत काे न्यु दिल्ली द्वरका सेक्टर 7 मा नाेकरि गर्ने क्रममा  लकडाउनका कारण ले काम नचलेको हुँदा  काेठामा बस्दै अाउनु भयकाे थियाे र  सबै काम बन्द भयपछि  अौषधि गर्न  आर्थिक अभावका कारण उपचार हुन नसक्दा  बिमारि ले चाप्दै जादा 5/may/2020 काे बेलुका मिर्तु भयकाे थियो |  निधन हुनु अघिल्लो दिन खत्रीले आफूलाई नेपाल लैजान आग्रह गरेको तर दूतावासले वेवास्ता गरेका कारण नेपाल ल्याउन नसकिएको उनका सहयोगीले गुनासो गरेका थिय |
 र घर मा फाेन गर्दा मुख भयपनि हेर्छौ भनेर सारै  गर्नु भयाे र हामी नेपाली राजदुतावास दिल्लीमा  समप्रक गर्न खाेजियौ फाेन उठेन र अरु कसैलाई भनियाे उहाले फाेन गर्दा भाेलि 10 बजे भन्दा पहिला कुरा नगर्नु भन्ने  रिप्लाई अायाे ।बाकि कुनै कुरा सुन्न चायन राजदुतावास ले याे भन्दा दयनीय अबस्था अरु के हुन्छ । नेपाल सरकार र  पुलिस ले लग्न सक्छौ भन्दा पनि नाका र अार्थिक अबस्थाले गर्दा लग्न सकियन । दुताबास बाट कुनै सहयाेग हाेला भन्ने  हामी नेपाली लाई छैन ।70जना क्रमचारि किन र के का लागि हाे । अावाज उठाउन अहिले  अाबस्यक छ ।यहाँ नेपाली भाेक ले मर्दै छ ।राजदुत ले बेकार मा हल्ला गरे नेपाली ले  भनेर पत्रकार सग भन्छन । माहामहिम ज्यु याे गाेबिन्द खत्री काे अात्मा ले तपाईं र तपाई का अासेपासे हरु लाई सराप्ने पक्कै छ ।बिचरा ती गाेबिन्द ले बिहान र दिउसाे सम्म पनि मलाई नेपाल लग भनेर अाखा बाट अासु तरर चुअाउदा तपाई काे फाेन उठेन बिचरा बेलुका मिर्तु  भयाे धन्य  अाेलि सरकार काे। नियम पालन गर्नु हुने निलाम्बर अाचार्य ज्यु तपाईं का हामी परिवार हौ तपाईं हाे हाम्राे अबस्था हेरने  ।तर झुटा कुरा काे हिसाब किताब भाेलि नेपाली  मजदुरले खाेज्ने छन ।र फाेन काे कुरा याे भिडियो मा यथार्थ  छ ।गाेबिन्द ले त सुन्ने छैनन ।तर अाम नेपाली जनता ले पक्कै सुन्ने छन्।तपाईं हरु ले खाने तलब मा याे मृर्तु भयकाे   मान्छे ले पनि तिरेकाे छ ।तर मर्ने बेला नेपाल लग भनेर रुने बेला खसेका ती अासु ले नेपाल का के पि अाेलि ज्यु देखि भारत का लागि राजदुतावास भित्र का  70जना राजा हरु कान खाेलेर सुन याे भिडियो  ।तर काम त केही भयन यिनी गद्दार हरु लाई भन्ने भन्दा अरु केही छैन विकल्प। बिचरा अार्थिक अबस्था दयनीय छ  साथीहरु बाट अार्थिक सहयाेग जुटायर दाहासस्कार  गरिएको थियो ।


दाङको बङ्गलाचुली गाउँपालिका–६ तिमीले निवासी मानबहादुर खत्रीका छोरा वर्ष ४२ का गोबिन्द खत्रीको भारतको नयाँ दिल्लीमा मंगलबार निधन भएको थियो|
खत्री को पेट सम्बन्धी बिमारी  रहेको र भारत काे न्यु दिल्ली द्वरका सेक्टर 7 मा नाेकरि गर्ने क्रममा  लकडाउनका कारण ले काम नचलेको हुँदा  काेठामा बस्दै अाउनु भयकाे थियाे र  सबै काम बन्द भयपछि  अौषधि गर्न  आर्थिक अभावका कारण उपचार हुन नसक्दा  बिमारि ले चाप्दै जादा 5/may/2020 काे बेलुका मिर्तु भयकाे थियो |  निधन हुनु अघिल्लो दिन खत्रीले आफूलाई नेपाल लैजान आग्रह गरेको तर दूतावासले वेवास्ता गरेका कारण नेपाल ल्याउन नसकिएको उनका सहयोगीले गुनासो गरेका थिय
साथै उनीहरुले मिडियामा नेपालीकोलागि सबै व्यवस्था गरेको छु भन्दै बोल्ने नेपाली राजदूत निलाम्बर आचार्यले चाहेको भए खत्रीलाई नेपाल ल्याउन सकिने थियो भन्दै आक्रोश पनि पोखेका छन् । केहीदिन अघि खत्रीको कोरोना सम्बन्धि स्वास्थ्य परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको थियो|
>

आज फेरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमीत संख्या १०९ पुग्यो

काठमाण्डौ: नेपाल २७ वैशाख । फेरि आज कोरोना भाइरस ७ जाना मा  पोजेटिभ देखिएको छ | उदयपुर, कपिलवस्तु र पर्सामा गरि थप ७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सातमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८,४५ र ६५ वर्षका महिला,कपिलवस्तुका २ जना १८ र एक  जना १७ वर्षका तथा पर्सा छपकैयाका ६२ वषरउका पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ |
नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

         

भारतमा रहेका मजदुर का समस्या समाधानका लागि दूतावास संग टेलिफोन कुराकानी

may 9 Saturday:=

यति बेला विस्वमै फैलिएको महामारी असरको कारण प्रवास मजदुर खास भारतमा रहेका नेपालीहरूको लागि दिन प्रतिदिन बढ्दै गएको समस्या र सामाधानका बिषय लाई लिएर भारतका लागि नेपालका राजदूत श्री निलाम्बर आचार्य सँग नेपाल फाउनडेसन मुम्बईले may 8 (08.0‌35.2020) गरेको टेलिफोन कुराकानी मा भारतमा स्थिति गम्भीर हुदै गएको यसको प्रभाव तथा समस्या भारतमा रहेका नेपाली हरूलाई भएको हुदा सरकारले आऊँदा दिनहरुमा सक्दो छिटो समस्या समाधान तिर अगाडि बढ्नु पर्ने जानकारी नेपाल सरकार लाई दिइएको कुरा बताउनु भएको छ। अहिले नेपाल सरकारले बोर्डर सिल गरेको अबस्था रहेको  र नेपाली हरू लाई देशभित्र जान असम्भव भएको हुदा यसको समाधान पनि नेपाल सरकार ले नै गर्नु पर्ने अनि दुताबास पनि नेपाल सरकार कै निर्देशन अनुसार चल्नु पर्ने जानकारी राजदूत निलाम्बर आचार्य ले दिनु भएको छ। यदि नेपाल सरकारले भारतमा रहेका नेपाली मजदुर माथि कुनै सहयोग को कदम चलयन भने मजदुर नै आफै नेपाल सरकार माथि राको बालेर  उठ्न जरुरी छ |
                 

                     English translate 

The situation in India is critical in a telephone conversation between Nepal Foundation Mumbai on May 8 (08.03.202020) with Nepal's Ambassador to India Mr. Nilambar Acharya on the growing problem of migrant workers, especially Nepalis living in India, due to the global epidemic.  As its effects and problems have been felt by Nepalis living in India, in the days to come when the government will come  He said that the government of Nepal has been informed to move forward towards resolving the issue as soon as possible.  Ambassador Nilambar Acharya has informed that the 2 of Nepal has sealed the border and it is impossible for Nepalis to enter the country.  If the Government of Nepal does not take any steps to help the Nepali workers in India, then the workers themselves must rise up against the Government of Nepal.


चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु

रोल्पा, २५ बैशाख ।
आज बिहानै देखि गरेको मौसम खरबि का कारण दुलमुल्लिएको अन्धकार अनि हावा हुरी र वर्षा ले दुःखद समाचार लिएको छ | 
चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्प बस्ने ६३ बर्षिय भीमबहादुर विक र ४० बर्षिय चित्र पुनको मृत्यु भएको हो ।
आज विहान साढे ८ बजेतिर चट्याङ लागेर विक र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार विकले गहुँ ढल्याउदै गरेको र पुनको घर बाहिर भएको समयमा चट्याङ लाग्दा उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै उनीहरुको घरमा समेत क्षति पुगेको छ ।।

Translate English
Rolpa, 07 may.

 Due to the bad weather since this morning, the darkness and wind and rain have taken the sad news.

 Two people have been killed in a lightning strike in Rolpa district.  The deceased have been identified as Bhim Bahadur BK, age 63, and Chitra Pun, age 40, of Lungri village in the district.

 Chief of the District Police Office, Rolpa, Bahadur Gurung informed that BK and Pun were killed by lightning at around 8.30 this morning.

 According to the police, VK was threshing wheat and both of them died on the spot when lightning struck while Pun was out of the house.  Also, their house has been damaged.

नेपालका यि नेतादेखि साच्चि मलाई सारै घृणा लाग्न थालिसक्यो

नेपालका यि नेतादेखि साच्चि मलाई सारै घृणा लाग्न थालिसक्याे ब्यबस्था फेरियर मात्र के नै हुदाेरहेछर  मान्छेकाे मानसिकता पुरानै भएपछि ब्यबस्था फेर्नु मात्र समस्याकाे समाधान रहेनछ भन्नेकुरा १० बर्षे जनयुद्ध र ६२/६३ काे जन अान्दाेलनले राम्रोसँग देखाईसकेकाे छ यहि स्थिति रहि रहने हाे भने याे ब्यबस्था र यि नेताहरु भन्दा कतै राजसंस्था त ठिक हाेईन भन्ने हामिजस्ता गणतन्त्रमा रमाउनेहरुलाईत लाग्न अाँटिसक्याे किनकि यि नेताहरुकाे बिलासि जिबन सैलि, अाम नेपालि जनतालाई हेर्ने दृष्टिकोण के राजा महाराजा भन्दा कम छ र ? राहत माग्दा धेरै कर तिर अनि धेरै राहत दिन्छु भन्ने अाफ्नाेलागि भने कराेडाैका गाडि किन्ने, एउटा नेताकाे अघिपछि २०/३० जना शुरक्षाकर्मि  राख्नु पर्ने, अन्य अासेपासेकाेत झन कुरै नगराै, गाडि, सुख, सुबिधा, यस, अाराम के यि सबै अत्याबसेक भित्र पर्छ र ? अबस्य पर्दैन याेत केबल सामन्ति मानसिकताकाे पराकास्टा मात्र हाे । यस, अाराम, सुबिधाका लागि केहि अाैलामा गन्ने बाहेक अरुकाे लागि के यिनका बाउले कमायर राखि दिएका थिए या  यिनले अाफै अाफ्नाे ब्यापार ब्यबसा,जागिर तथा अनैतिक तरिकाले गरेकाे अायअार्जनहाे भनेर भन्न वा देखाउन सक्ने हिम्मत कुनै नेता संग छ र ? अाैलामा गन्ने बाहेक कसैसंग छैन र हाेईन पनि यि सबै हामि नेपालिकाे खुन पसिना तथा बिदेशमा अाफ्नाे खुन, पसिना बगायर मेहनत गरेर कमायकाे पैसानै हाे यस्ता जनता मारा नेताहरु त्याे  पनि अझ अाफुलाई कम्युनिस्ट भन्नेकाेत कुराै नगराै अाफैलाई लाज लागेर अाउछ ।   जय देश  ।।।।।।।।।।।।
The 10 years of people's war and the people's movement of 1962/1963 have shown that changing the system is not the only solution to the problem as the mentality of the people is old.  To rejoice in a republic like ours where the monarchy is not right  For these various groups aamtisakyae take harulaita netaharukae bilasi Salina, the common view of the king, the king in Nepali people and less than?  When you ask for relief, you have to pay a lot of taxes and give a lot of relief.  Of course, this is just a paradox of the feudal mentality.  For the sake of comfort, convenience, except for a few things, did his father keep a job for others or did he earn his own business, job and income in an unethical way?

दाङमा लकडाउन थप कडाइ घोराही |बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भए पनि सवारी चलाउन नदिने निर्णय गरेको छ ।

समाचार रहेको छ राप्ती अञ्चल दाङ जिल्ला को ......
लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
दाङमा लकडाउन थप कडाइ :
दिनप्रतिदिन कोरोनाका बिरामिहरु बढन थालेपछि स्थानिय प्रशासनसे लकडाउन उल्घन गर्नेहरुलाई कार्बाहि गर्न थालेको छ ।
जनताको स्वास्थ्य सुरक्षाको लाई मध्यनजर गर्दै प्रहरिले कडाई गर्नुपरेको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनमा थप कडाइ गर्न थालेको छ । मंगलबारको सुरक्षा समितिको बैठकले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भए पनि सवारी चलाउन नदिने निर्णय गरेको छ ।
अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले बताउनुभयो ।
पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाइ गर्न थालिएको छ । प्रहरीले सहर बजारमा लखर लखर हिड्नेलाई लाठी समेत लगाउन थालेको छ ।






भारतमा नेपालीको बेहाल: कहिले हुन्छ उद्दार ?

आज विश्व कोरोना भाईरसको चपेटामा परेको बेला नेपालमा भएका बिदेशी नागरिकलाई आफ्नो देशले फिर्ता लागिसके । यस्तो स्थितिमा नेपाल सरकारले बिदेशमा भएका नेपालीहरुलाई स्वदेश फर्काउन कुनै पहल नगर्नु लज्जास्पद कुरा हो। त्यो भन्दा लज्जास्पद कुरा त उच्च ओहोदामा भएका मन्त्री र प्रधानमन्त्रीले नै अन्य देशको त कुरै छोडौं, खुल्ला सिमाना भएको भारतबाट पनि नेपालीहरुलाई आउन दिनु हुदैन भन्ने अभिव्यक्ति दिनु हदैसम्मको गैर-जिम्मेवारी हो ।
हुन त नेपाल सरकारले विदेशमा भएका नेपालीहरुले दु:ख पाए सोहि देश स्थित दुतावासले समाधान गरिदिने भनेर कागजको खोस्टामा खोक्रो सर्कुलर जारी गरेको छ।
अन्य मुलुकको हिसाबमा नेपालीहरुको यकिन तथ्यांक छ तर भारतमा भएका नेपालीहरुको भने कुनै तथ्य छैन। दिल्लीमा नेपाली दुतावास छ तर भारतमा कति नेपालीहरु छन् भन्ने तथ्यांक नेपाल सरकारसंग छैन। दुतावास दिल्लीमा भएपनि यहाँ दुतावासको काम कर्तव्य के हो भन्ने प्रश्न चिन्ह उठेको निकै पहिल्यै देखि नै हो तर यसपाली भने झन् प्रष्ट भएको देखिन्छ।
४ मे देखि भारतमा तेश्रो चरणको लम्बिदो लकडाउनको सुरुवात हुँदैछ। पहिलो चरणमा करिब १४ सय किलोमिटर यात्रा गरेर बिभिन्न राज्यबाट दिल्ली पुगेका मजदुरहरु यहिँ अलपत्र छन् र उनीहरु अझैं कति अलपत्र हुने हुन् अन्यौल छ। दूतावास छ केवल नामको मात्र तर कुनै क्षत्राधिकार नदिएको गुनासो कर्मचारीहरुले गर्दछन्। न कुनै कोष खडा गरिएको छ न त्यहाँ भएको स्रोत साधन प्रयोगमा ल्याईएको छ। यस्तो विषम परिस्थितिमा पनि राजदुतावासको भूमिका शुन्य हुनु दुर्भाग्यपूर्ण हो ।
सामाजिक संजालमा यसरी भजाईएको छ कि मानौ भारतमा बसेका नेपालीहरु सबैलाई कोरोना लागेको छ। उनीहरुलाई नेपाल फ़र्काईए देश नै डुब्छ भन्ने मनोदशा सिर्जना गरिएको छ। खासमा भारतमा बसेका नेपालीहरुमा अहिलेसम्म पशुपतिनाथको कृपाले नै भनौं कोरोना न्यून छ तर अझै पनि सरकार/दुतावासले आँखा नखोल्ने हो भने कोरोनाले मात्र होइन भोकमरी र आत्महत्या भन्ने पक्कै बढेको देख्न सकिनेछ ।
हुन् त भारतका बिभिन्न ठाउमा सहयोगी हातहरुले खानाको व्यवस्थापन गरेका छन् तर कहिले सम्म भन्ने यकिन छैन। असली पिडित भन्दापनि नक्कली पिडितको बिगबिगीले गर्दा भोकभोकै बस्ने र खानेहरु खाएको खाई भएको अवस्था पनि छ। यता राज्यका जिम्मेवार पदमा आसिन व्यक्तिले भने कुनै हालतमा नेपालीहरुलाई स्वदेश फर्काउनु हुन्न भन्दै गर्दा लुकीछिपी नेपाल पस्नेहरु मध्येनै कोरोना संक्रमित देखिएका छन् । बरु राज्यले ढिलो नगरी पहिलो चरणमा बीच बाटोमा अलपत्र महिला/बालबच्चालाई उद्दार गरोस्। अनि बिस्तारै यहाँ मजदुरी गरेर बसेका र अन्य बिधार्थी, तीर्थयात्रीलाई छिटो भन्दा छिटो उद्दार गर्नुपर्छ, होइन भने यसको परिणाम भोलीका दिनमा भयावह हुने देखिन्छ।
भारत सरकारले मजदुरलाई आफ्नो घर फर्काउन राज्य सरकारलाई अनुमति दिएको छ। यता अनुमति दिदै गर्दा यहाँ भएका नेपालीहरुलाई पनि फिर्ता लैजान्छ रे भन्ने भ्रम भारतभरी नै फैलिसकेको छ। उनीहरु त केवल बोर्डर सम्म भएपनि जाने तरखरमा देखिन्छन । यसरी अव्यवस्थित् भएर नेपालीहरु लाखौँको संख्यामा सिमानामा पुग्ने त छन् नै, त्यो भन्दा दोब्बर संक्रमण नफ़ैलिएला भन्न सकिन्न। त्यसैले सरकार/दुतावासले छिटो भन्दा छिटो पहल गरोस्। अलपत्र नेपालीहरुको जीवन रक्षा गरोस्। भारतमा दुतावासले एक्लै गर्न नसकेको खण्डमा राजनैतिक दलका जनबर्गीय संगठन र अन्य संघ संस्थाको पनि सहयोग लिन सकिन्छ।
अर्को मुख्य कुरा नेपाल सरकारका केहि व्यक्तिले त्यहाँ भएका नेपालीहरुलाई धान्न सक्ने स्थिति छैन भन्दै गर्दा यहाँ भएका नेपालीहरु कि त नेपाली होइनन भन्न सक्नु पर्यो होइन भने यस्ता वाईयात अभिव्यक्ति दिन बन्द गर्नुपर्यो। यिनीहरुले पठाएको रेमिट्यान्सले देश धान्न सकिने, यिनीहरुलाई धान्न सकिन्न भन्ने कस्तो तानाशाही अभिव्यक्ति हो ?
सारमा भन्दा हामीसंग अब दुईवट़ा विकल्प रहेको छ:
१. नेपाल सरकार र भारत सरकार दुवैले उच्च स्तरीय वार्ता गरेर अलपत्र नेपालीहरुको खोजीनीति गर्ने, खाना-बस्नको प्रवन्ध गर्ने, आर्थिक सहयोगको घोषणा गर्ने।
२. नेपालको प्रदेश तथा स्थानिय तहलाई भारतमा रहेका नेपालीहरुको तथ्यांक निकाल्न लगाएर चेक जांच गरी संक्रमितलाई भारतमै उपचार गर्ने व्यवस्था गर्ने र स्वस्थ नेपाली नागरिकलाई प्रदेश, स्थानीयले जिम्मा लिएर आफ्नो घर फर्कन समन्वय गर्ने।
ठुलो संख्यामा रहेको नेपालीहरुलाई एकसाथ फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न सम्भव नहुने हुँदा चरण चरणमा स्वास्थ्य चेक जांच गरी आफ्नो नागरिकहरुलाई कि व्यवस्थापन कि घर फर्काउने वातावरण तत्काल सुरु गर्नु पर्ने हुन्छ।
भारतको राज्य सरकारहरुले बिभिन्न राज्यमा रहेका आफ्ना नागरिकलाई घरफ़र्काईरहेको सन्दर्भमा हामीले हाम्रो नागरिकको बारेमा के कसरी व्यवस्थापन गर्ने भने अबिलम्ब कदम चाल्नु पर्छ, अन्यथा केही दिनमा अलपत्र नेपालीहरु पैदल हिडेर सिमामा आएर झन् दु:ख पाउने स्थिति आउनु हुँदैन


Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers