माछा मार्ने क्रममा करेन्ट लाग्दा महेन्द्रनगरका एक योवकको मृत्यु
भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ।
करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजदुर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।
उनले भने, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ। त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला प¥यो। नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ। घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ। शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ।”