दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा २० वर्ष कैद तोकिएका दाङकै २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेका हुन्। उनी जिल्ला कारागारका ना इके थिए। छालासम्बन्धी रो ग उपचारका लागि अस्पताल गएका बेला परियार प्रहरी जवान धनबहादुर चौधरी चढ्ने लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका हुन्। उनी प्रहरी जवान चौधरीसँग त्यही मोटरसाइकलमा अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोल्नासाथ मोटरसाइकल चढेर उनी भागेको प्रहरी जवान चौधरीको भनाइ छ। तर उनले यो जानकारी ढिला दिएको भन्दै उनलाई पनि प्रहरीले हि रासतमा लिएर अनु सन्धान गरिरहेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भागेका कैदीको पनि लोकेसन पत्ता लागिसकेको र चाँडै प क्राउ पर्ने दा बी प्रहरीले गरेको छ।

नेपाल टेलिकम को तिहार बिशेष अफेर डाटा अनि भ्वाइस प्याक

Festival Offer!!! यस चाडपर्वको अवसरमा नेपाल टेलिकमले ल्याएको Festival Offer अन्तर्गत आफूलाई उपयुक्त हुने Voice Pack र Data Pack रोजी ख़ुशीसाथ रमाउनुहोस्। सेवा सुचारु गर्नको लागि *1415# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्। यो offer कार्तिक १६ देखि २४ गते सम्म लागू रहने छ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा महेन्द्रनगरका एक योवकको मृत्यु

भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजदुर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए। उनले भने, “माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफैँ घटनास्थलमा पुगेँ। त्यहाँ पुग्दा तार समातेको अवस्था शव फेला प¥यो। नजिकै उनले मारेको माछा र ढडियासमेत पनि फेला परेको छ। घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ। शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ।”

दाङमा गोली लागेर एकको मृत्यु

तुलसीपुर, १४ चैत । दाङमा गोली लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । गुरुङको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार घटना घोराही उपमहानगरपालिका–१२ को जंगलमा गएराती भएको हो । गुरुङलाई सिकार खेल्न गएका व्यक्तिले गोलि चलाएको हुन सक्ने उहाँले बताउनुभयो । घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र आज दिउँसो सार्वजनिक गरिने प्रमुख चन्दले जानकारी दिनुभयो ।

दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु, एक गम्भीर

दाङ, चैत ११। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु छ भने एक जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानरपालिका वडा नम्बर ७ जबरपुर स्थित भित्री सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घोराही उपमहानरपालिका वडा न ५ का २१ वर्षीय रबिन डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय सिरिन्ज भण्डारी गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते दुबै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याउदै गर्दा डाँगीको बाटो मै मृत्यु भएको थियो । उहाँको शवलाई अहिले सोही अस्पतालमा राखिएको छ । भण्डारीलाई भने प्रतिष्ठानमा सामान्य उपचारपछि मेडिकल कलेज कोहलपुर बाँकेमा रिफर गरिएको प्रहरीले जनाएको छ। उहाँको टाउको,मुख ,दुबै हात र छातीमा चोट लागेको छ । आज विहान साढे २ बजे रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएको थियो । प्रहरीले दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । यसैबीच दाङमा दुई दिन लगातार सवारी दुर्घटना भएको छ । हिजो मात्र तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको थियो । घोराहीमा पनि हिजो बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । सवारी दुर्घटना चालककै लापर्वाहीले गर्दा हुने गरेको प्रहरीले बताउने गरेको छ ।

ट्रकको ठक्करबाट मुख्यमन्त्रीका अङ्गरक्षकको मृत्यु

नेपालगन्ज।ट्रकको ठक्करबाट मुख्यमन्त्रीका अङ्गरक्षकको मृत्यु भएको छ। जनकपुरको मिथिला नगरपालिका १० लालगढस्थित मोडल अस्पतालनजिक आज  बिहान साढे दुई बजे प्रदेश नम्बर २ क मुख्यमन्त्री लालबाबु रावतका अङ्गरक्षक  प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको  छ। प्रहरी सहायक निरीक्षक कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाईकललाई  ठक्कर दिने ट्रकको नम्बर नखुलेको प्रहरीले जानकारी दिएको छ। ट्रकको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी सहायक निरीक्षक कापरको  शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ  ।

कोरोनाभाइरस ३ जनामा पुष्टि

काठमाण्डौं । नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ । उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयलेृ जनाएको छ ।मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers