यस्ता खानाको कारण अनुहारमा डंडीफोर आउन सक्छ हेर्नुहोस के के हुन ती खाना ?

काठमाडौँ । धेरै युवायुवतीहरु डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ। जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन। यो छालाभित्रै जम्छ। यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो। डन्डीफोरका चारवटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ। डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो। काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ। चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ। डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्यानउँछ। अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन्। कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खाल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलोको बिसय बन्ने गरेको छ।डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिनको लागि छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ। डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन। अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीनचारपटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि समेत खानुपर्ने पनि हुन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers