तातोपानी नाका असोज १९ देखि खुल्ने

१३ असोज, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असोज १९ देखि नाका खुलाउने सहमति भएको जानकारी दिए । आज (मंगलवार) चिनियाँ टोली र भन्सारका प्रतिनिधि समेतको छलफलले १९ गतेदेखि भन्सार सुचारू गर्ने निर्णय गरेको ढकालले बताए ।

‘हिम चितुवा’ आङरिता शेर्पाको निधन

५ असोज, काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ । उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।

दाङ्ग को बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा

दाङ्ग बंगलचुली,४ असोज दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन पाठन सुरु भएको छ । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ ।गाउँपालिकामा शिशु देखि कक्षा पाँच सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा जम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वालीले बताउनु भयो । लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनु भयो ।

सहयोग को लागि अपिल गर्दै सञ्चारकर्मी बलवीर / मृगौला सम्बन्धी समस्या

सहयोगका लागि विनम्र अनुरोध गरिन्छ "" ==========Basic Technical Support========= (आफू भलो जगत भलो) (सेवा नै धर्म हो) (पुण्य कमाउन मन्दिर धाउनु पर्दैन , दुखमा परेका मान्छेलाई सहयोग गर्नुस् , ढुङ्गा लाई पैसा चढाउनु भन्दा विगत ७ वर्ष देखी मृगौला को समस्या भोग्दै आएका, मृत्युलाई जितेर जस्तोसुकै पिडादायी अवस्थामा पनि संघर्ष गर्दै एक सामान्य पारिवारिक अवस्थामा जीवन चलाइरहेका व्यक्ति जसले जो कोहि को दुख देख्न नसक्ने , अरुको दुख पिडा पनि आफनै सम्झेर आफुसङग नभएपनी आफ्नो गाँस काटेर सहयोग गर्न पछि नपर्ने , पानीको झरी होस या चर्को घाम , दिन , रात केहि नभनी आफ्नो भन्दा गरिब दुखिको सेवामा निश्चल भावना का साथ आफ्नो पीडा लुकाएर भएपनि अरुको ओठमा मुस्कान छर्न तल्लीन रहने एक कुशल सञ्चारकर्मि Bastabik Khabar का संचालक बल्बीर नेपालीको अहिले मृगौला को समस्या झन बढेको छ, विगत ७ वर्षदेखी औषधि उपचार गर्दा गर्दा आफुसङग भएको पैसा पनि सकियो , घरको आर्थिक अवस्था नाजुक छ , घरको खर्च चलाउने आमा बुबाको हेरचाह गर्ने आफै विरामी भएपछि झनै समस्या परेको छ, बलबिरको उपचारका लागी, उनको जीवन बचाउनको लागि सबैसंग सहयोगको हार्दिक अपिल गर्दछु ।। (तपाइको १ रुपैयाले कसैको जीवन बाच्न (कृपया सकेको पैसा सहयोग गरौं ,नसके शेयर गरेर सहयोग गरौं ) बलबिर नेपाली : 9822896128 थप जानकारीको लागि WhatsApp number +918851956806 एक ले थुकी सुकी सयले थुकी नदी भने जस्तै सबैको साथ अनि सहयोग ले बलवीर को नयाँ जीवन सुरुवात हुने छ

संविधान दिवसको अवसरमा नेपाल टेलिकम अनलिमिटेड प्याक

१ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना सेवामा विभिन्न प्याकेज सुविधा उपलब्ध गराउने भएको छ ।
असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुपैयाँ प्रतिप्याकमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । अहिले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक आठ सय ५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यो प्याक पाँच सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमले ल्यायो विद्यार्थीको लागि 24जी. बी.डाटा

अब सबैतिर धमाधम अनलाइन कक्षा शुरु हुँदैछन्, सबैतिर वाइफाइ सुविधा नहुनसक्छ । त्यसका लागि शिक्षा मन्त्रालय र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार सहुलियत दरमा विद्यार्थीले Happy Learning Pack प्रयोग गर्न पाउने छन् । नेपाल टेलिकमको बेवसाइटभित्र गएर विद्यालयले आफ्ना विद्यार्थीको फाराम भरेर यो सुविधा सुचारु गरिदिनसक्छन्, मासिक ३१५ रुपैयाँमा २४ जीबीको सुविधा लिएर विद्यार्थीले जति पनि अनलाइन कक्षामा अध्ययन गर्न सक्नेछन् । यसमध्ये विद्यार्थीले २० जीबी अनलाइन कक्षा (जूम, गुगल मीट र माइक्रोसफ्ट टीम)कै लागि प्रयोग गर्ने छन् भने बाँकी चार जीबी अन्य एप्सका लागि पनि प्रयोग गर्नसक्ने छन् । https://ntc.net.np/student-kyc https://ntc.net.np/student-kyc%E0%A4%85%E0%A4%AC

टिपरको ठक्करले प्रहरीको मृत्यु

बुटवल २८-भदौ - रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाट शनिबार साँझ प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा अर्का प्रहरी जवान सन्तोषी थारु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, बागलुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए ।

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers