सल्यानमा एक महिलाले गरीन आफ्नै श्रीमानकाे हत्या

२६ जेठ, दाङ्ग :
सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले आफ्नै ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामले हानि गम्भिर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयाे।

मृतक घर्तीको शवको पोष्टमार्टमका लागि आफन्तहरु अस्पताल आउदै गरेकाले आजनै पोष्टमाटम हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्याको आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर राखेको छ।

दाङ कोरोना संक्रमितको संख्या ७६ पुग्यो

दाङ, २५ जेठ ।
दाङमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९ का २४ वर्षीय र लमही नगरपालिका ५ का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो । 
घोराही उपमहानगरपालिकामा २३ जना, बंगलाचुली गाउँपालिकामा १८ जना, गढवा गाउँपालिकामा ८ जना, तुलसीपुर उपमहानगपालिकामा ५ जना, लमही नगरपालिकामा १० जना, राजपुर गाउँपालिकामा ६, राप्ती र बबईमा २÷२ जनामा संक्रमण देखापरेको छ । यो सहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ । कुल संक्रमित मध्ये दुई जना जिल्ला बाहिर संक्रमण पुष्टि भएका हुन् । शान्तिनगर गाउँपालिका र दंगिशरण गाउँपालिकामा अहिलेसम्म संक्रमण देखा परेको छैन् ।

गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

२५ जेठ, दाङ्ग। गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
पुष्टि हुनेमा गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा १४, बाग्लुङमा १०, गोरखा जिल्लामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्व ४ गरी ३८ जनामा कोरोना सक्रमण देखिएको हो।
गण्डकी प्रदेशमा हालसम्म सक्रमितको संख्या १ सय १३ पुगेको छ।


विदेशबाट उद्दार गरी ल्याइएका नागरिकलाई नेपाल टेलिकमकाे निःशुल्क सिमकार्ड

२२ जेठ, दाङ्ग। सरकारले विदेशबाट उद्दार गरी ल्याउने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । 
टेलिकमले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाईमार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउन लागेको हो ।
यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ ।
साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने पनि टेलिकमले जनाएको छ । यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास पनि टेलिकमले लिएको छ 

दाङमा थप ८ जनामा काेराेना संक्रमण, टोटल संक्रमीतकाे संख्या ५१

दाङ्ग, २० जेष्ठ ..
दाङमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणका क्रममा दाङको बंगलाचुली गाउँपालिकाका ६ जना र राप्ती गाउँपालिकामा दुई जना गरि आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय एक पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । उनीहरु नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन । यो सँगै दाङमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ ।मंगलवार नै प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटना दरबार हत्याकाण्डको १९ वर्ष

१९ जेठ, दाङ्ग । पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको सोमबार १९ वर्ष पुगेको छ ।
वि.स. २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमय नै रहेको छ । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती लगायतको हत्या भएको थियो ।
नागरिकले इतिहासकै कालो दिनको रुपमा लिँदै आएको यो दिनमा सरकारी स्तरबाट कुनै कार्यक्रम नगरिएपनि विभिन्न संघ संस्थाले भने श्रदाञ्जली अर्पण गर्दै आएका छन् । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले लकडाउकै बिच ललितपुरको जावलाखेलमा रहेको पूर्वराजा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो ।
हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाएको थियो । उक्त समितिले यूवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको भएपनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

दुर्घटना अपडेट: गाडिमा वागचाैर र छत्रेश्वरीका मानिस सल्यान आउदै थिए, १२ काे ज्यान गयाे २१ घाइते

दाङ्ग ।   बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये १० पुरूष र १ महिला रहेकाे भेरी अञ्चल अस्पताल स्राेतले जनाएकाे छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगल अगैया नजिक राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेकाे हाे।
बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएकाे हाे।
दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।
घाइतेहरुलाई भेरी अस्पताल लगिएकाे छ। शव पनि त्यही अस्पतालकाे गृहमा शव राखिएको छ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Popular Posts

Recent Posts

Unordered List

Text Widget

Search This Blog

Powered by Blogger.

Video Of Day

Featured Post

दाङमा २० बर्ष कैद तोकिएका कैदी प्रहरीकै मोटरसाईकल लगेर फरार

दाङ जिल्ला कारागा रबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फ रार भएका छन्। प्रहरीका अनुसार कर्तव्य ज्यान मु द्दामा ...

Followers